नियम ४६
हक हस्तान्तरण वा बिक्री गर्न सकिने –
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कबुलियतको एक तिहाई अवधिसम्म सन्तोषजनक रुपमा काम गर्ने पट्टावालाले आफ्नो अधिकार अन्य कुनै संगठित संस्था, उद्योग वा समुदायलाई हस्तान्तरण वा बिक्री गर्न सकिनेछ । यसरी आफ्नो हक हस्तान्तरण वा बिक्री गर्नु पर्दा सम्बन्धित पट्टावालाले मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम हक हस्तान्तरण वा बिक्रीको स्वीकृतिको लागि निवेदन पेश भएकोमा मन्त्रालयले सो वनमा पट्टावालाले लगाएको वा हुर्काएको वन पैदावार नेपाल सरकारको तर्फबाट खरिद गर्न चाहेमा सो वन पैदावारको अनुसूची–२ बमोजिमको मूल्य बराबरको रकम
पट्टावालालाई बुझाई खरिद गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम हस्तान्तरण वा बिक्री गरिएको कबुलियती वन कुनै संगठित संस्था, उद्योग वा समुदायले खरिद गरेमा साविक पट्टावालाले नेपाल सरकारसँग गरेको कबुलियतनामा निज खरिदकर्तामा हस्तान्तरण भएको मानिनेछ ।
(४) उपनियम (१) बमोजिम हस्तान्तरण वा बिक्री भएको कबुलियती वनको पट्टामा निर्देशकले त्यसरी कबुलियती वन हस्तान्तरण वा बिक्री भएको व्यहोरा जनाई आफ्नो लगत अद्यावधिक बनाई राख्नु पर्नेछ ।